ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटः आज चार खेल हुँदै

नेपालखबर
पुस २७, २०७८ मंगलबार ७:१३, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत मंगलबार चार खेल हुँदै छन्।

पहिलो खेलमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार भएको खेलमा यी दुवै टोलीले जित हात पारेका थिए। पुलिसले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो भने आमीले कर्णाली प्रदेशमाथि जित हात पारेको थियो। 

त्यस्तै अर्को खेलमा मूलपानीस्थित क्रिकेट मैदानमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

कर्णालीले सोमबार आर्मी क्लबसँग पराजय भोगेको थियो भने प्रदेश १ ले मंगलबार पहिलो खेल खेल्न लागेको हो। 

त्यस्तै कीर्तिपुरस्थित मैदानमा हुने दोस्रो खेलमा बागमती र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

बागमतीले सोमबार भएको खेलमा लुम्बिनीलाई हराएको थियो भने एपीएफले प्रदेश २ लाई हराएको थियो। 

मूलपानीमा हुने दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। गण्डकीले मंगलबार आफ्नो पहिलो खेल खेल्न लागेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .