ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः आज सेमिफाइनलका दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटः आज सेमिफाइनलका दुई खेल हुँदै

नेपालखबर
माघ ४, २०७८ मंगलबार ७:१३, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत मंगलबार सेमिफाइनलका दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा ९ बजे नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

समूह ए को विजेता बन्दै पुलिस सेमिफाइनलमा पुगेको हो भने बागमतीले समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

त्यस्तै मंगलबारै हुने दोस्रो सेमिफाइनल खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मी समूह ए को उपविजेता हो भने एपीएफ समूह बीको विजेता हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .