ad ad

खेल


फिफा ‘बेस्ट अवार्ड’मा नेपाली प्रशिक्षक र राष्ट्रिय टोलीका कप्तानले कसलाई गरे मतदान?

फिफा ‘बेस्ट अवार्ड’मा नेपाली प्रशिक्षक र राष्ट्रिय टोलीका कप्तानले कसलाई गरे मतदान?

नेपालखबर
माघ ४, २०७८ मंगलबार १७:६, काठमाडौँ

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की (पुरुषतर्फ) र स्पेनकी एलेक्सिया पुटेलास (महिलातर्फ) सन् २०२१ को उत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।

उनीहरुसँगै प्रशिक्षक, गोलरक्षकलगायतका १० जनाले उत्कृष्ट बनेर अवार्ड जितेका हुन्। 

विश्व फिफाले वर्षेनी प्रदान गर्ने द बेस्ट अवार्डमा हरेक फिफा सदस्यबाट राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र मिडिया प्रतिनिधिले मतदान गर्ने प्रावधान रहेको छ । 

पुरुषतर्फ प्रशिक्षक अब्दुल्लह अलमुताइरी र कप्तान किरण चेम्जोङले मतदान गर्दा महिलातर्फ भने प्रशिक्षक चेतन घिमिरे र कप्तान रेनुका नगरकोटेले मतदान गरे। 

उनीहरुले कसलाई आफ्नो मत दिए त?  

नेपालबाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको मतदान 

खेलाडी – १, मोहमद सलाह, २, लिओनेल मेस्सी, ३, जर्जिन्हो

प्रशिक्षक – १, थोमस टुचेल, २, लिओनेल स्कालोनी, ३, हान्सी फ्लिक

गोलरक्षक – १, एडुआर्ड मेन्डी, २, जियानलुइजी डोनारुम्मा, ३, एलिसन बेकर

कप्तान किरण चेम्जोङको मतदान 

खेलाडी – १, लिओनेल मेस्सी, २, क्रिस्टियानो रोनाल्डो, ३, रोबर्ट लेवान्डोस्की

प्रशिक्षक – १, रोबर्टो मान्सिनी, २, लिओनेल स्कालोनी, ३, थोमस टुचेल

गोलरक्षक – १, जियानलुइजी डोनारुम्मा , २, एडुआर्ड मेन्डी, ३, म्यानुएल नोएर 

कप्तान रेनुका नगरकोटेको मतदान

खेलाडी– १, स्टिना ब्ल्याकस्टेनियस, २, एलेक्सिया पुटेलास ३, एईटाना वोनमती

प्रशिक्षक– १। पीटर गेर्हार्डसन, २। बेभ प्रिस्टम्यान ३। लुइस कोर्टेस 

गोलरक्षक- १, क्रिस्टियन एन्डलर, २। स्टेफनी लिन मेरी, ३। अबे एन–क्याट्रिन बर्गर

नेपालबाट प्रशिक्षक चेतन घिमिरेले गरेको मतदान 

खेलाडी– सो युन जी, २, क्रिस्टीन सिन्क्लेयर, ३, एलेन व्हाइट 

प्रशिक्षक– १.  सरिना विगम्यान २. पीटर गेर्हार्डसन ३. लुइस कोर्टेस 

गोलरक्षक- १, क्रिस्टियन एन्डलर, २। एलिसा नेहर, ३। स्टेफनी लिन मारी लब्बे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .