इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको छ।
उपाधि जित्ने दौडमा रहेको चेल्सीलाई यो बराबरीले अर्को धक्का लागेको छ। मंगलबार राति भएको खेलको २८ औं मिनेटमा चेल्सीले अग्रता लिए पनि दोस्रो हाफको ६० औं मिनेटमा ब्राइटनले खेल बराबरीमा ल्यायो।
खेलमा थप गोल हुन नसकेपछि चेल्सी बराबरीमा रोकिएको हो।
यससँगै प्रिमियर लिगमा चेल्सीले २३ खेलबाट ४४ अंक हात पारेको छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले १ खेल कम खेल्दै ५६ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले २१ खेलबाट ४५ अंक जोडेको छ।
36
Shares
प्रतिक्रिया