ad ad

खेल


ओलम्पिकमा खेलाडीको सुरक्षा मुख्य प्राथमिकताः आयोजक

ओलम्पिकमा खेलाडीको सुरक्षा मुख्य प्राथमिकताः आयोजक

नेपालखबर
माघ ५, २०७८ बुधबार १०:२, काठमाडौँ

चीनमा फेब्रुअरीमा शीतकालीन ओलम्पिक आयोजना हुन गइरहेको छ। यसैबीच चीनमा कोरोना संक्रमण पनि बढ्न थालेको छ।

यस्तोमा ओलम्पिकमा खेलाडीहरूको सुरक्षाको विषयमा धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन्। 

विशेषगरी चीन प्रवेश गर्दाको पहिलो अनुभवले समग्र  खेल माहोललाई प्रभावित पार्छ भने फर्केर जाँदाको अवस्थाले खेलको समग्र सम्झनालाई नै प्रभावित पार्न सक्छ।

त्यसैले दुवै अवस्थामा खेलाडीहरुलाई सुरक्षित राख्नु आयोजकको लागि चुनौतीपूर्ण हुन सक्ने देखिन्छ। 

आयोजकले यसपटक खेलाडीहरुको सुरक्षा सबैभन्दा प्राथमिकतामा रहने बताएका छन्। त्यसको लागि खेलाडीहरुलाई एयरपोर्टबाटै  सुरक्षितरुपमा सम्बन्धित स्थानमा पुर्‍याइनेछ र फर्किनेबेला पनि सुरक्षितरुपमा एयरपोर्टसम्म पुर्‍याइनेछ।

अघिपछि ओलम्पिक प्रतियोगितामा स्वाभाविकरुपमा नै धेरै मानिसहरु आउने भए पनि यसपटक भने कोरोना महामारीको कारण त्यस्तो अवस्था नरहने चीनको आगमन तथा प्रत्यागमन केन्द्रका निर्देशक चाङ लियाङ बताउँछन्। 

यसपटक ओलम्पिकमा आउने खेलाडी तथा अधिकारीहरुको लागि उडान व्यवस्थापन, स्वास्थ्यसम्बन्धी घोषणा, कोरोना परीक्षण लगायतका नियमहरु कडाइका साथ पालना गरिनेछ। साथै निरन्तर उनीहरुको सुरक्षाको निगरानी गरिनेछ। 

ओलम्पिकसँग सम्बन्धित मानिसहरुलाई छुट्टै उडानबाट चीनमा प्रवेशको  अनुमति दिइनेछ र उनीहरुलाई अन्य यात्रुहरुभन्दा छुट्टै राखेर २१ दिनको क्वारेन्टिनमा नबसी ओलम्पिकमा सहभागी हुन दिइनेछ। यसले उनीहरुबाट अन्य मानिसहरुबाट संक्रमण सर्ने जोखिम निकै कम हुने आयोजकको भनाइ छ। 

त्यसको लागि आफूहरुको पूरा तयारी गरिसकेको चाङ बताउँछन्। यस्तोमा आफूहरुले घरेलु र अन्तर्राष्ट्रिय उडानबीचको सन्तुलन पनि कायम राख्न सक्ने चाङको भनाइ छ। 

चाङका अनुसार अहिले ओलम्पिकमा सहभागी हुन आउने ४ हजारभन्दा धेरै मानिसको सुरक्षाको विषयमा छलफल भइरहेको छ। सहभागीहरुको विषयमा आवश्यक सूचना संकलन गरेपछि त्यसैअनुसारको तयारी गरिने चाङले बताएका छन्। सिन्ह्वाबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .