कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः वीरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।
बुधबार भएको संघको छैटौं अधिवेशनले चन्दको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
उपाध्यक्षमा लक्ष्मण भट्ट, सचिवमा इन्द्र प्रकाश खरेल र कोषाध्यक्षमा भुवन प्रसाद पन्त चयन भएका छन्।
सदस्यमा दीपकराज चालिसे, विशाल सोनार, गणेश आग्री, लक्ष्मी भट्ट, दीपक चन्द, माया रावत सावद, गोपाल दत्त भट्ट निर्विरोध निर्वाचित भएको निर्वाचन समिति प्रमुख टेक कठायतले जानकारी दिए।
42
Shares
प्रतिक्रिया