सुडानमाथि १–० को जित हात पार्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुगेको छ।
बुधबार राति भएको खेलमा सुडानलाई १–० ले पराजित गर्दै इजिप्टले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
इजिप्टका लागि मोहमद अब्देलमोनेमले ३५ औं मिनेटमा गरेको गोल ने खेलको निर्णायक बन्यो।
समूह डीमा रहेको इजिप्टले ३ खेलबाट ६ अंक हासिल गरेको छ। समूहको शीर्षस्थानमा रहेको नाइजेरियाले ९ अंक हात पार्दा सुडान र गिनी बिसाउले भने समान १/१ अंक जोडेका छन्।
इजिप्टले समूह ईको विजेता टोलीसँग जनवरी २६ मा खेल्नेछ।
72
Shares
प्रतिक्रिया