ad ad

खेल


भारतविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

भारतविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

नेपालखबर
माघ ६, २०७८ बिहिबार ७:१६, काठमाडौँ

दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ३१ रनको जित हात पारेको छ।

यससँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० अग्रता लिएको छ। दक्षिण अफ्रिकाले भारतलाई जितको लागि २९७ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर केवल २६५ रन मात्र बनाउन सक्यो। 

भारतका लागि ओपनर शिखर धावनले सबैभन्दा धेरै ७९ रन बनाए।

त्यस्तै विराट कोहलीले ५१ रन बनाए भने शार्दूल ठाकुरले अविजित ५० रनको पाली खेले।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले ११० रन र रासी भान डर डुसेनले अविजित १२९ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .