ad ad

खेल


आईपीएलको अक्सनमा १५ नेपाली खेलाडी, कस-कसले नाम दर्ता गराए?

आईपीएलको अक्सनमा १५ नेपाली खेलाडी, कस-कसले नाम दर्ता गराए?

नेपालखबर
माघ ८, २०७८ शनिबार १८:४२, काठमाडौँ

भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको नयाँ सिजनको अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन्।

आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेका हुन्। 

नेपालबाट सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, अविनाश बोहरा, शरद भेषावकर, विनोद भण्डारी, कुशल मल्ल,करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले आईपीएल अक्सनमा नाम दर्ता गराएका हुन्।

आईपीएलको अक्सनमा नेपालका कप्तान एवम् लेग स्पिनर सन्दीप लामिछानेसहित छन्। अक्सनमा ​समावेशमध्ये हालसम्म सन्दीपले मात्रै आईपीएल खेलेका छन्।

आईपीएलको नयाँ सिजनका लागि नेपालका १५ सहित एक हजार दुई सय १४ खेलाडी सामेल छन्। 

नयाँ सिजनका लागि ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी अक्सनमा छन्। आईपीएलका लागि अमेरिकाबाट १४ खेलाडीले नाम दर्ता गराएका छन्। 

नयाँ सिजनका लागि आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा अक्सन हुनेछ। नयाँ सिजनमा नवप्रवेशी लखनऊसहित १० टिम खेल्ने पक्का भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .