ad ad

खेल


आहा रारा गोल्डकप: एपीएफसँग मछिन्द्र स्तब्ध

आहा रारा गोल्डकप: एपीएफसँग मछिन्द्र स्तब्ध

नेपालखबर
माघ १२, २०७८ बुधबार १६:३६, काठमाडौँ

नेपाल एपीएफ फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सीमित मछिन्द्र फुटबल  क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो। 

खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एपीएफले गोल गर्दै फाइनलमा पुगेको हो।  

खेलको २४ औँ मिनेटमा एपीएफका सनिस श्रेष्ठले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। 

३९ औँ मिनेटमा विदेशी खेलाडी ओमोलाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई एक एक को बराबरीमा ल्याए। 
 

करिमले रेजिन धिमालको फ्रिकीकमा हेडर गोल गरे। एपीएफले दोस्रो हाफको २३ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

कार्डको वर्षा भएको खेलमा मछिन्द्र ७१ औँ मिनेटमा १० खेलाडीमा समेटियो। मछिन्द्रका करिम दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडे। 

दोस्रो हाफको ३९ औँ मिनेटमा रेजिन धिमालको फ्रिकिक प्रहार पोष्ट माथिबाट बाहिरिदा मछिन्द्रले बराबरीको मौका गुमायो।

खेलको ईन्ज्युरी समयमा नविन लामाले गोल गर्दै मछिन्द्रमाथिको जित पक्का गरे। 

एपीएफले अब उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्नेछ। 

दोस्रो सेमिफाइनल खेलमा बिहिबार मनाङ मर्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .