ad ad

खेल


इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

नेपालखबर
माघ १३, २०७८ बिहिबार ६:५७, काठमाडौँ

इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइलनमा पुगेको छ।

बुधबार भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा हराउँदै उसले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जसमा इजिप्टले ५–४ ले आइभरी कोस्टलाई पछि पार्‍यो। 

आइभरी कोस्टका एरिक बेइलीले गरेको प्रहर इजिप्टका सब्स्टिच्युट गोलकिपरले बचाए।

मोहम्मद सलाहले इजिप्टका लागि निर्णायक गोल गरे। यससँगै क्वार्टरफाइनलको खेलमा आइतबार इजिप्टले मोरोक्कोको सामना गर्नेछ। 

त्यस्तै अर्को खेलमा इक्वेटेरियल गिनीले मालीलाई  पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .