ad ad

खेल


विकेटको खुसी

विकेटको खुसी

पीएनजीविरुद्ध विकेट लिएपछि खुसी हुँदै नेपाली क्रिकेटर तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
चैत २१, २०७८ सोमबार १४:४६, काठमाडौँ

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा अहिले नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन्। 

टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको छ। अहिले पीएनजी जवाफी ब्याटिङमा छ।

जवाफी ब्याटिङमा रहेको पीएनजीले औसत सुरुवात गरेको छ। उसले ४ ओभर सकिँदा २५ रन बनाउँदै २ विकेट गुमाएको छ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। उनले १४ बलमा ८ रन बनाएका लेगा सियाकालाई आउट गरे।

त्यसपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले असद भालालाई पेभेलियन फर्काए। पीएनजीका टोनी ऊरालाई ऐरीले नै पेभेलियन फर्काइदिएका छन्। 

चाँडै तीन विकेट गुमाएपछि पीएनजी अहिले दबाबमा परेको छ। यता नेपाली टिम भने दबाबमा राख्न सकेकाले खुसी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .