ad ad

खेल


एन्फाका ११ केन्द्रीय सदस्य निर्वाचित, दुईजना अर्को साधारण सभाबाट छानिने

एन्फाका ११ केन्द्रीय सदस्य निर्वाचित, दुईजना अर्को साधारण सभाबाट छानिने

नेपालखबर
असार ७, २०७९ मंगलबार ७:३३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई केन्द्रीय सदस्यको टुङ्गो अर्को साधारण सभाबाट लाग्ने भएको छ। सोमबार भएको निर्वाचनबाट खुलातर्फ ११ सदस्यको टुङ्गो लागे पनि त्यसपछिका चार उम्मेदवारले बराबरी मत पाएका हुन्। यससँगै अर्को साधारणसभाबाट दुई केन्द्रीय सदस्यको टुंगो लाग्ने एन्फाले बताएको छ। 

त्यसपछि दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे। बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना सदस्य बन्नेछन्। यसको टुंगो आसन्न साधारण सभाले लगाउने गरी निर्णय भएको एन्फाले जनाएको छ।

१३ सदस्यीय खुलाका लागि ३२ जना प्रतिस्पर्धामा थिए। जसमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रबिन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश व्यञ्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भए।

एन्फामा १९ केन्द्रीय सदस्यहरुमध्ये नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट १२ जना र कर्माछिरिङ शेर्पाको प्यानलको ७ जना छन्। बराबर भोट ल्याउने चार जनामध्ये तीन जना कर्मा प्यानलका छन्।

निवर्तमान अध्यक्ष शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत पाए। अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .