ad ad

खेल


इंग्ल्याण्डका कप्तान मोर्गनले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

इंग्ल्याण्डका कप्तान मोर्गनले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

नेपालखबर
असार १५, २०७९ बुधबार ६:५४, काठमाडौँ

इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप जिताएका ३५ वर्षीय मोर्गनले मंगलबार सन्यास घोषणा गरेका हुन्।

‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो।’ 

पछिल्लो समय उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस समेत पहिला जस्तो थिएन।  उनले सेतो बलमा खेलका पछिल्ला २६ खेलमा मात्र एउटा अर्धशतक बनाएका थिए।

उनी इंग्ल्याण्डको सेतो बलको फरम्याटमा अहिलेसम्मकै सफल कप्तान हुन्। मोर्गन इंग्ल्याण्डका लागि एकदिवसीय र टी–२० मा सर्वाधिक खेल खेल्ने र रन बनाउने खेलाडी हुन्।  

उनले इंग्ल्याण्डका का लागि २२५ एकदिवसीयमा ६ हजार ९५७ र ११५ टी–२० मा २ हजार ४५८ रन बनाएका छन्। उनले पहिलोपटक इंग्ल्याण्डलाई विश्वकप जिताएका थिए।  

टी–२० विश्वकप नजिकै आएका बेला उनको सन्यासलाई महत्वका साथ हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .