ad ad

खेल


क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा आउन सहमत

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा आउन सहमत

नेपालखबर
असार २०, २०७९ सोमबार १८:५३, काठमाडौँ

डेनमार्कका चर्चित मिडफिल्डर क्रिस्टियन एरिक्सन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुन तयार भएका छन्। 

गत सिजन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट खेलेका एरिक्सन युनाइटेड आउन तयार भएका हुन्। 

गत वर्ष भएको युरोकप फुटबलका क्रममा फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदानमै ढलेपछि उनले इटालियन क्लब इन्टर मिलान छाडेका थिए। 

त्यसपछि लामो उपचार गरेर स्वस्थ भएका उनी इङ्लिस क्लब ब्रेन्टफोर्डमा एक सिजनका लागि आवद्ध भएका थिए। 

ब्रेन्टफोर्डले सम्झौता नवीकरण गर्न चाहे पनि एरिक्सनका लागि ठूला क्लबहरुले प्रस्ताव गरेका थिए। उनले युनाइटेडका नयाँ प्रशिक्षकसँगको वार्तापछि तीन वर्ष लामो सम्झौता गर्न तयार भएका छन्। 

म्यानचेस्टर सिटीले उपाधि उचालेको गत सिजन ब्रेन्टफोर्डमा रहँदा ३० वर्षीय उनले ११ प्रिमियर लिगमा सहभागिता जनाएका थिए। 

यसअघि उनी इङ्लिस क्लब टोटनहममा थिए। सन् २०२० मा उनलाई इन्टरमिलानले किनेको थियो। 

तर युरोकपमा हृदयघात भएपछि उनले इन्टरमिलान छाड्नु परेको थियो। त्यहाँ मुटुको गति नियन्त्रण गर्ने मेशिन इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसीडी) राखिररहँदा खेल्न नदिने नियम थियो। त्यसपछि उनीसँगको सम्झौता तोडिएको थियो। 

तर उनले ब्रेन्टफोर्ड आएर उत्कृष्ट पुनरागमन गरेका थिए। एरिक्स पुरानै लयमा देखिएपछि ठूला क्लबले उनीमाथि आँखा लगाएका थिए।

यस्तोमा यही सिजन  युनाइटेड सम्हालेका प्रशिक्षक इरिक टेन हगले उनलाई क्लबमा ल्याउन सफल भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .