ad ad

खेल


नेपाल सुपर लिग असोज अन्तिम साता गर्न दिने एन्फाको निर्णय

नेपाल सुपर लिग असोज अन्तिम साता गर्न दिने एन्फाको निर्णय

नेपालखबर
साउन २६, २०७९ बिहिबार १५:४५, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) असोज अन्तिम साता हुने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको नयाँ कार्यसमितिको दोस्रो बैठकले एनएसएलको मिति तय गरेको बैठकमा सहभागी एक सदस्यले नेपालखबरलाई जानकारी दिए। 

यसअनुसार एनएसएल असोज २३ देखि मंसिर २ गतेसम्म गर्ने निर्णय भएको ती सदस्यले बताए। 

एन्फाले नयाँ मिति दिएसँगै एनएसएल हुने अब पक्का भएको हो। एनएसएल यसअघि चैत २६ गते सुरु भनिएको थियो तर ए डिभिजनका ८ क्लबले विरोध जनाएका थिए। 

पछि सुरुका ८ मध्ये ४ क्लबले पत्रकार सम्म्ेलन गर्दै विवाद समाधान गर्न आग्रह गरेका थिए। पछि एनएसएल भदौमा आयोजना गर्नका लागि एन्फाले मिति दिएको थियो। तर पटक पटकको विवादका कारण एनएसएल स्थगित हुँदै आएको छ। 

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनमा भएको पहिलो संस्करणमा ७ टोली सहभागी एनएसएलको दोस्रो सिजनमा ३ टोली थपिएर १० टोलीले स्पर्धा गर्नेछन्। १० टोलीले मार्की खेलाडीको छनोट गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .