खेल


एन्फा कार्यसमिति बैठकले गर्‍यो १९ निर्णय (पूरा सूचीसहित)

एन्फा कार्यसमिति बैठकले गर्‍यो १९ निर्णय (पूरा सूचीसहित)

नेपालखबर
साउन २६, २०७९ बिहिबार १९:४८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक विभिन्न निर्णय गर्दै सकिएको छ। पंकजविक्रम नेम्वाङ अध्यक्ष भएपछि विवाद र अन्य कारणले बस्न नसकेको बैठकले बिहीबार विभिन्न निर्णय गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठक विभिन्न १९ वटा निर्णय गरेको हो। एन्फामा विवादबीच यसअघि साउन ५ मा पनि बैठक डाकिएको थियो। तर त्यसबेला रोकिएको बैठक बिहीबार बसेर विभिन्न निर्णय गरेको हो। 

यो बैठकले आगामी असोज १२ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। त्यसैगरी एन्फा कार्य समितिको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ र वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई मनोनयन गरेको छ। 

यो बैठकले एन्फाको प्रवक्तामा सुरेश शाहलाई जिम्मेवारी दिएको छ। यही बैठकले यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पाएका नवीन पाँडे बर्खास्तीमा परेका छन्। 

आजैको बैठकबाट आगामी असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ। उक्त खेलअघि अल्मुताइरी नआउने भएपछि एन्फाको यो निर्णय आएको हो।

एन्फाले केही महिनादेखि विवादका कारण रोकिएको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता पनि गर्न दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। एन्फाको यो निर्णयपछि एनएसएल आगामी असोज २३ गतेदेखि मंसिर २ गतेसम्म हुने भएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .