ad ad

खेल


म्यानचेस्टर युनाइटेडको लगातार हार

म्यानचेस्टर युनाइटेडको लगातार हार

नेपालखबर
साउन २९, २०७९ आइतबार ८:५९, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। सुरुवाती दुवै खेलमा पराजित युनाइटेड अंक तालिकाको पुछारमा झरेको छ।

शनिबार राति भएको खेलमा युनाइटेड ब्रेन्टफोर्डसँग ४–० को फराकिलो अन्तरले हारेकाे हाे। लिगमा खराब सुरुवात गरेको युनाइटेड पहिलो हाफमै ४–० ले पछि परेको थियो। 

खेलको १०औँ मिनेटमा जोस डा सिल्भाले गोल गर्दै टोलीलार्ई सुरुवाती अग्रता दिलाएका थिए। १८औं मिनेटमा जेन्सनले गोल गर्दै अग्रता दोब्बर पारे। 

खेलको ३०औँ मिनेटमै घरेलु टोलीले ३–० को अग्रता लिन सफल भयो। बेन मीले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए। त्यसको ५ मिनेटमा नै ब्रायन एम्बुएमोले गोल गर्दै पहिलो हाफमा टोलीलाई ४–० का अग्रता दिलाए।

त्यसपछिको दोस्रो हाफमा खेलमा थप गोल हुन सकेन र ब्रेन्टफडले युनाइटेडको शानदार जित दिलाए।

पहिलो खेलमा क्रिश्चियानो रोनाल्डोबिनै मैदान उत्रेको युनाइटेड ब्राइटनसँग २–१ ले हारेको थियो। आजको खेलमा भने युनाइटेडले रोनाल्डोलाई सुरुवाती रोजाइमै मैदान उतारेको थियो। ​

लगातारको हारपछि युनाइटेड अंक तालिकाको पुछारमा छ। ब्रेन्टफोर्ड भने तेस्रो स्थानमा उक्लेको छ। 

गएरातिकै अर्को खेलमा ब्राइटोन र न्युक्यासल तथा वुल्भस र फुल्हामले गोल रहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .