खेल


सन्दीपबारे आईसीसीको चासो

सन्दीपबारे आईसीसीको चासो

नेपालखबर
भदौ २३ , काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीप लामिछानेमाथि लागेको आरोपको विषयमा चासो देखाएको छ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सम्पर्क गरेर सन्दीपमाथि लागेको बलात्कारको आरोपको विषयमा चासो देखाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। 

‘आईसीसीले पनि बारम्बार चासो राखेको छ। के हुन सक्छ भनेर सोधेको थियो। हामीले नेपालको कानुनअनुसार यो गम्भीर आरोप भएको बतायौँ। उहाँहरुले पनि गम्भीर रुपमा लिनु भएको छ’, बिहीबार सचिव मल्लले भने। 

आईसीसीको शीर्ष नेतृत्वले नै यस बारेमा आफूलाई बारम्बार सोधेको मल्लले बताए। नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध बलात्कारको आरोपमा मंगलबार १७ वर्षीया किशोरीले जाहेरी दिएकी छन्। उनको जाहेरीसँगै घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। 

घटनामा उनीहरु बसेका होटलका सीसीटीभी फुटेज संकलन तथा यससँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ थालेको छ। सन्दीपविरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छैन। सन्दीपले क्यानसँग सम्पर्क गर्दै आरोप झुटो भएको र आफू नेपाल फर्किएर कानुनी प्रतिवाद गर्ने बताएका छन्। 

यसका लागि उनले क्यानसँग कानुनी सल्लाह तथा वकिलको बन्दोबस्त गर्न सहयोग समेत माग गरेका छन्। क्यानले कानुनी उपचारमा जान सन्दीपलाई सहयोग गर्ने बताएको छ। क्यानले भने उनको विषयमा अहिले कुनै छानबिन अगाडि नबढाउने भएको छ।

भदौ २३, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad