ad ad

खेल


साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

नेपालखबर
भदौ २७, २०७९ सोमबार १९:३०, काठमाडौँ

साफ महिला च्याम्पियसिप फुटबलमा श्रीलंकाविरुद्ध सानदार जित निकाल्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले पपराजित गरेको हो।

नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, दिपा शाहीले एक एक गोल गरे। जारी साफमा राष्टिय टोलीमा डेब्यु गरेका अमिसा र दीपाले राष्टिय टोलीका लागि पहिलो गोल गरेका हुन्। 

खेलको १० औँ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।  रश्मीले हिरा कुमारी भुजेलको क्रसमा गोल गरिन्। 

११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। सरुले अमृता जैसीको क्रसमा हेडर गोल गर्दै गरिन्। १७ औँ मिनेटमा अमृता जैसीले गाृल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। उनले अमृता जैसीको कर्नरमा हेडर गोल गर्दै अग्रता फराकिलो पारिन्। 

३२ औँ मिनेटमा श्रीलंकाकी खेलाडीले दीपा शाहीलाई लडाएपछि पाएको फ्रि कीकमा अनिता केसीको फ्रि कीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले अग्रता फराकिलो पार्ने मौका गुमायो। 

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेलमा ४–० को अग्रता बनायो। जारी साफमा डेब्यु गरेकी दीपाले पहिलो गोल गरेकी हुन्। 

खेलको ७६ औँ मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता फराकिलो पारिन्। जारी साफमा सिनियर टोलीमा परेकी अमिसाले डेब्यु गोल गरेकी हुन् 

खेलको ८५ औँ मिनेटमा अनिताको केसीको क्रसमा रश्मी कुमारी घिसिङले खाल िपोष्टमा गोल गर्ने सुन्दर मौका गुमाइन्। 
दोस्रो हाफको अतिरिक्त समयमा अमिसाले श्रीलंकाका डिफेन्डर र किपरलाई बिट गर्दै सुन्दर गोल गरिन्। 

निशाको डेब्यु
घरेलु मैदानमा जारी महिला साफ च्याम्पियसिपमा डिफेन्डर निशा थोकरले डेब्यु गरेकी छिन्। निशा खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्।

निशाले खेलको ७५ औँ मिनेटमा पुनम जर्घामगरको स्थान लिदै राष्टिय टोलीमा डेब्यु गरेकी हुन्। लामो समयदेखि अन्तिम टोलीमा स्थान बनाएपनि उनम मौका पाउन सकेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .