ad ad

खेल


भारतमाथि अष्ट्रेलियाको शानदार जित

भारतमाथि अष्ट्रेलियाको शानदार जित

नेपालखबर
असोज ५, २०७९ बुधबार ६:४६, काठमाडौँ

मंगलबार राति भएको भारतविरुद्धको टी२० क्रिकेटमा अष्ट्रेलियाले ४ विकेटको शानदार जित हात पारेको छ।

भारतको पञ्जाबस्थित मोहालीमा भएको उक्त खेलमा २०९ रनको विजयी लक्ष्य पाएको अष्ट्रेलियाले खेल सकिन चार बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

अष्ट्रेलियालाई जित दिलाउने क्रममा क्यामरोन ग्रीनले ६१ रनको पाली खेले। त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए। 

भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। 

यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। भारतका लागि ठूलो योगफल तयार पार्ने क्रममा हार्दिक पाण्ड्याले अविजित ७१, केएल राहुलले ५५ तथा सूर्यकुमार यादवले ४६ रनको पाली खेलेका थिए। 

अष्ट्रेलियाका लागि नाथान एलिसले ३ तथा जोस हजलवुडले २ विकेट लिए। यससँगै तीन खेलको टी२० सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .