ad ad

खेल


कीर्तिमानपछि दिपकले भने– स्वर्णपदक आमाबाबुलाई समपर्ण गर्छु

कीर्तिमानपछि दिपकले भने– स्वर्णपदक आमाबाबुलाई समपर्ण गर्छु

लक्ष्मी जि.सी
असोज ३०, २०७९ आइतबार १२:२१, पोखरा

नवौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानीसहित स्वर्ण पदक जितेका त्रिभुवन आर्मी क्लबका दिपक अधिकारीले सफलता आमाबुवालाई समपर्ण गरेका छन् ।

पोखरा रंगशालामा आइतबार गोपीचन्द्र पार्कीको यसअघिको कीर्तिमान तोडेपछि उनले भने, ‘आमा बुवालाई समपर्ण गर्न चाहन्छु। अनि मलाई यो ठाउँसम्म ल्याउने गुरुहरुलाई सम्मान गर्दछु।’

दिपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै झण्डै ९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए। यसअघि सन् २०१४ मा इन्चोन एशियाडमा ३० मिनेट ३०.९९ सेकेण्डमा कीर्तिमान बनाएका थिए। यसपटक गोपीले रजत पदकमा चित्त बुझाउनुपर् यो । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पार गर्दै रजत पदकमा सीमित भए। 

अधिकारीलाई १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

धेरै खेलाडीेले विद्यायल जिवनमा नै एथलेटिक्स खेलेका हुन्छन्। तर अधिकारीको जीवनमा भने फरक भएको छ। उनले विद्यायलमा हुँदा कहिल्यै दौडेनन् आर्मीमा आएपछि मात्र दौडन सुरु गरे। धादिङ गगांजमुना गाउँपालिका बसेरी ६ का दिपकलाई खेल जीवनमा लागेको पारिवारिक पृष्टभूमिको बारेमा उनलाई थाहा छैन तर पहिला उनका ठुला बुवा पनि दौडनु हुन्थ्यो रे भन्ने मात्र थाहा छ।

धावकको रुपमा उनले परिचय बनाएको पनि लामो समय भएको छैन। २०७६ मा घरेलु स्वदेशमा भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा कास्य पदक जितेका थिए। सागमा कास्य जित्दाको ३० मिनेट ५० सेकेण्डको उनको समय यसअघिको व्यक्तिगत उत्कृष्ट समय हो। 

नवौँमा उनले व्यक्तिगत समय मात्र सुधार गरेनन्, राष्टिय कीर्तिमान नै बनाए। २७ वर्षीय अधिकारी २०७५ सालदेखि दौडन सुरु गरेका थिए। दौड सुरु गरेपछि उनले कहिल्यै पछि फर्कनु परेन।

उनी भन्छन्, ‘खेल भनेको माइन्ड गेम पनि हो। यहाँ शरीर मात्र चलेर हुँदैन दिमाग पनि चलाउनु पर्छ।’ आज १५ ल्याप दौडिएपछि गोपीलाई लिड गर्न थाले। त्यसपछि अब अगाडि दौडन पर्छ भन्ने लाग्यो अनि गोपीलाई पछि पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .