खेल


प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र एपीएफले बाँडे अंक

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र एपीएफले बाँडे अंक

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १८:२९, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेल बराबरी भएको छ। 

खेल बराबरी भएसँगै दुवै टोलीले एक एक अंक बाँडे। योसँगै सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ। 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी ३१ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो। 

गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रन बनाए। कप्तान विपिन खत्री १७ रनमा पवेलियन फर्के। कमल परियाले ११ रन थपे। 

एपीएफका लागि मौसम ढकाल र किशोर महतोले समान ४ विकेट लिए। भुवन कार्कीले २ विकेट झारे। 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफ ३५.१ ओभरमा १ सय १५ रनमा अलआउट भयो। समयमा नै खेल सुरु हुन नसकेपछि ४३ ओभरमा छोट्टाईएको थियो। एपिएफका लागि भुवन कार्की २४ रनमा नटआउट रहे। 

लोकेश बम २२, पुरन विक २३, सन्दीप जोरा २२ र अमरसिंह राउटेला १३ रनमा पवेलियन फर्के। 

गण्डकीका लागि अर्जुन कुमाल  र अमृत गुरुङले समान ३ विकेट लिए। सुवास भण्डारीले २ विकेट लिए। 

आजै भएको अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १ सय ६९ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो। 

लगातार तेस्रो खेलमा हार व्यहोरेको सुदूरपश्चिम प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .