ad ad

खेल


यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

यूएईले दियो नेपाललाई २६४ रनको लक्ष्य

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १२:४०, काठमाडौँ

संयुक्त अरब इमिरेन्ट्ससँगको पहिलो एक दिवसीय खेलमा नेपालले जितको लागि २६४ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको हो।

मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बलको सामना गरेका उनले ७ चौका हाने। 

पहिलो विकेटका लागि मुहम्मद वसिम र वृत्त अरविन्दले ७५ रनको साझेदारी गरे। 

वसिमलाई गुल्सन झाले बोल्ड आउट गरे। ओपनर मुहम्मद वसिमले ४४  वृत्त अरविन्दले ४० रन बनाए।

तेस्रो विकेटका लागि वृत्त अरविन्द र कप्तान सीपी रिजवानले ५२ रनको साझेदारी गरे। कप्तान २ रनमा आउट भए। अलिान सराफु २९, अयान अफजल खान २६ र बसिर हमीद १४ रनमा रनआउट भए। 

नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट झारे। करण केसीले १० ओभरमा ५९ रन खर्चे। सोमपालले १० ओभरमा ६३ रन खर्चे। 

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .