ad ad

खेल


सुबिसुको प्रायोजनमा पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’, अन्तर्राष्ट्रिय टिम पनि सहभागी हुने

सुबिसुको प्रायोजनमा पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’, अन्तर्राष्ट्रिय टिम पनि सहभागी हुने

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १७:४८, काठमाडौँ

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ। 

२२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ। 

पाँच हजारभन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिने भएका छन्। सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ। 

जसमा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वास्क’, मलेसियाबाट ‘एक्सिस इस्पोर्टस’ र इन्डोनेसियाबाट आरआरक्यू रहेका छन्।

यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो। त्यस्तै ‘किङ अफ दि गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड सिजन ५– मिड सिजन राउण्ड’ को बिजेता टिम हो। भियतनामको ‘हेभी’ टिमले सन् २०२२ मा ‘बी बुया १ भियतनाम प्रो स्क्रिम सिजन २’जितेको थियो।

इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ विजेता टिम हो। भने, मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सिस इस्पोर्टस’ टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ। यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।

यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेता टिमको सहभागिताले प्रतिगोगितालाई थप प्रतिस्पर्धी र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ। आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ।

उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ। यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्ने गरी गेमर प्याकेज सार्वजनिक गरेको थियो।

जसअन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएस गतिको इन्टरनेट प्लस क्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेट गरी कूल तीन ओटा प्याकेज रहेका छन्। जसमा १५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४,९९९ रुपैयाँमा जडान गर्न सकिने छ।

त्यस्तै इन्टरनेट तथा क्लियर टिभी सहितको २०० एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक १८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ। त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८,९९९ रुपैयाँमा जडान गर्न सकिने छ।

यी सबै वार्षिक प्याकेजअन्तर्गत ग्राहकले डुअल ब्याण्ड ओएनयू राउटर, ड्रप वायरका साथै जडान शुल्क समेत निःशुल्क पाउने छन्। कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ तारिखदेखि  हरेक दिन साँझ ६ बजे जेम्युजिक एचडी च्यानल र जेम्युजिक युट्युब च्यानलमार्फत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .