खेल


प्रधानसेनापति महिला फुटबल : साबित्राकाे ह्याट्रिकसँगै एपीएफ फाइनलमा

प्रधानसेनापति महिला फुटबल : साबित्राकाे ह्याट्रिकसँगै एपीएफ फाइनलमा

नेपालखबर
पुस ७, २०७६ सोमबार ७:३३,

विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब साताैं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ।

भद्रकालीस्थित नेपाली सेनाकाे हेडक्वार्टरकाे खेल मैदानमा साेमबार बिहान भएकाे खेलमा पुलिसलाई अतिरिक्त समयमा ५-२ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएकाे हाे।

निर्धारित समयकाे खेल २-२ गाेलकाे बराबरीमा पुगेपछि टुंगिएकाे थियाे। अतिरिक्त समयमा एपीएफले दुई गाेल गर्दै उपाधिनजिक पुगेकाे हाे। एपीएफकी सावित्रा भण्डारी 'साम्वा'ले ह्याट्रिक तथा अनिता बस्नेत र वैकल्पिक खेलाडी रेखा पाैडेलले गाेल गरिन्। पुलिसकी निशा सुनार र कप्तान घिम कुमारी गुरुङले गाेल फर्काए।

खेलकाे तेस्राे मिनेटमा सावित्राले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गाेल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि दुवै टाेलीले गाेलकाे केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। खेलको ४३ मिनेटमा पुलिसकी निशा सुनारले बराबरी गाेल फर्काइन्। पहिलाे हाफकाे इन्ज्युरी समयकाे दाेस्राे मिनेटमा अनिता बस्नेतले गाेल गर्दै एपीएफलाई पहिलाे हाफमा २-१ ले अघि बढाइन्।

८७ मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले गाेल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे। १०७ मिनेटमा सावित्राले गाेल गर्दै एपीएफलाई ३-२ ले अघि बढाइन्। त्यसकाे दुई मिनेटपछि साबित्राकै पासमा वैकल्पिक खेलाडी रेखाले गाेल गर्दै एपीएफलाई खेलमा ४-२ ले अघि बढाइन्।

रेखा ४६ मिनेटमा कप्तान अनु लामाकाे स्थानमा मैदानमा प्रवेश गरेकी थिइन्। ११५ मिनेटमा साबित्राले ह्याट्रिक पूरा गर्दै एपीएफलाई ५-२ काे जित दिलाइन्। अब एपीएफले उपाधिका लागि बुधबार अार्मी र भुटानबीचकाे विजेतासँग खेल्नेछ। अार्मी र भुटानबीचकाे खेल अाजै दिउँसो २ बजेपछि भद्रकालीमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .