खेल


सांसदमा हारेका कमल थापा खेलमा फर्किएर जिते उपाधि

सांसदमा हारेका कमल थापा खेलमा फर्किएर जिते उपाधि

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १८:५३, काठमाडौँ

पोखरामा जारी १९ औं माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि कमल थापाले जितेका छन्। 

उनले ६५ वर्षमाथितर्फको  भेट्रान्स सिंगल्समा विदुर विष्टलाई पराजित गर्दै उपाधि जितेका हुन्। 

थापाले फाइनलमा विदुरलाई ४-१, ४-० को सोझो सेटमा पराजित गरेका हुन्। थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुन्। सोही समूहको डबल्सतर्फ उनी पराजित भए। 

थापा मंसिर ४ को निर्वाचनमा मकवानपुर १ बाट पराजित भएका थिए। नेकपा एमालेको समर्थनमा उठेका उनी प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो भएका थिए।

डबल्स मेन्सतर्फको उपाधि नेपाल नं. १ खेलाडी प्रदिप खडका र नेहाल जंगबहादुर थापाको  सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन्।

खेलमा पहिलो सेट ७-६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६-२ ले जित्दै उपाधि हात पार्न सफल भए। 

प्रतियोगिताअन्तर्गत नै सम्पन्न ३५ वर्षमाथि मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै उक्त उमेर समूहको खेलको उपाधि जिते। सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६-३, ६-१ ले पराजित गरी उपाधि जितेका हुन्। 

त्यस्तै, ३५ वर्षमाथि सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६-३, ६-१ ले पराजित गरी उपाधि नजिक पुगेका छन्।

जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६-३, ६-४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे। 
४५ वर्षमाथिको मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ। 

फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए। 

५५ वर्षमाथिको मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन्। फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .