नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आसिफले अवार्ड प्राप्त गरेको बिहीबार पुष्टि गरेको छ।
उनलाई २०७८ फागनुमा ओमानमा भएको चार देशबीचको टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो।
त्यसबेला आयरल्यान्डका एन्डी म्याकबर्नीले रन लिने क्रममा लडेका थिए। एन्डी लडेपछि आसिफले उनलाई रन आउट गरिदिएका थिएनन्।
आसिफको यो खेल भावनानाको प्रशंसा भएको थियो। आसिफको यही क्षणका लागि आईसीसीले उनलाई स्पिरिट अफ द क्रिकेट अवार्ड प्रदान गरेको हो।
Nepal's Aasif Sheikh wins the ICC Spirit of Cricket Award 2022 👏
— ICC (@ICC) January 26, 2023
Find out about his incredible sporting gesture on the field that fetched him the coveted prize 🏆#ICCAwards
प्रतिक्रिया