स्पेनी च्याम्पियन बार्सिलोनामा प्रशिक्षक अर्नेस्टो भालभेर्डेको साख गिर्दो छ। अघिल्ला दुई वर्षमा युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रदर्शनलाई लिएर प्रशंसकहरु दिक्दार छन्।
उनलाई बर्खास्त गर्नुपर्ने माग पनि उनीहरुले गर्दै आएका छन्।
उनले क्लब छाडे प्रशिक्षक कसलाई बनाउने भन्ने विषयले बार्सिलोना बोर्ड चिन्तित छ। बोर्डका केही सदस्य भने थिएरी हेनरीसँग बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने खुबी रहेको बताउन थालेका छन्।
मेजर लिगको मोन्टरियल इम्प्याक्टका प्रशिक्षक रहेका हेनरी यसअघि बार्सिलोना र आर्सनलमा पनि खेलेका थिए।
यद्यपि धेरै प्रशंसक भने भालभेर्डेको विकल्पका रुपमा लिभरपुल प्रशिक्षक योर्गेन क्लपलाई चाहन्छन्। एजेन्सी

प्रतिक्रिया