ad ad

खेल


पीएनजीविरुद्ध निरीह यूएई, ९७ रनमै समेटियो

पीएनजीविरुद्ध निरीह यूएई, ९७ रनमै समेटियो

नेपालखबर
फागुन २१, २०७९ आइतबार १४:५९, काठमाडौँ

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतवार पपुवा न्युगिनीविरुद्धको खेलमा यूएई ९७ रनमा समेटिएको छ।

घरेलु मैदान दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार भएको खेलमा पहिले ब्याटिङ गरेको यूएईले निराशाजनक प्रदर्शन गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो। 

यूएईलाई सय रननजिक पुर्‍याउने क्रममा वृत्य अरविन्दले सर्वाधिक २० रन बनाए। यूएईका अन्य चार खेलाडी शून्यमै पवेलियन फर्किए। 

यूएईलाई धरासायी बनाउने क्रममा पीएनजीका रिले हिकुरे एक्लैले ४ र चाद सोपरले ३ विकेट झारेका छन्। 

यूएईलाई झिनो स्कोरमा समेटेको पीएनजी अहिले ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा पीएनजीले ९ ओभर बलिङ गर्दै १ विकेटको क्षतिमा ४२ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .