खेल


पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य

नेपालखबर
चैत १, २०७९ बुधबार १४:०, काठमाडौँ

आइसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजमा पपुवा न्यु गिनीले यूएईसामु २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको हो। 

पीएनजीका कप्तान असद भालाले सर्वाधिक ६५ रनको योगदान दिए। ९२ बलको सामना गरेका भालाले ६ चौका र १ छक्का हाने। 

नोर्भन भनुवा ४९ र चाड सोपर शुन्य रनमा नटआउट रहे। ओपनर किपलिन डोरिगा २४ र हिरि हिरि ४ रनमा आउट भए। 

रिले हेकुरेले २२, चाल्र्स अमिनी २२ र गौडी टोकाले १५ रन थपे। 

युएईका हजरत बिलाल एक्लैले ४ विकेट लिए। रोहन मुस्तफा र जवार फरिदको नाममा एक एक् विकेट रह्यो। 

यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। आज पीएनजीसँग खेलेको यूएईले बिहीबार नेपालसँग अन्तिम म्याच खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .