टोटेनहम हस्टपरको जिम्मेवारी सम्हालेको १६ महिनामै मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आपसी सहमतिमा क्लब छाडेका छन्।
कोन्टेले पत्रकार सम्मेलनमा स्पर्स खेलाडीलाई स्वार्थी भन्दै क्लब संस्कृतिको आलोचना गरेका थिए।
कोन्टेले क्लब छाडेपछि अब सहायक प्रशिक्षक क्रिस्टियन स्टेलिनीले बाँकी सिजनका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
क्लबका अध्यक्ष डेनियल लेभीले भने, ‘हामीसँग प्रिमियर लिगका १० खेल बाँकी छ र च्याम्पियन लिगमा स्थान बनाउन हाम्रो लडाइँ हुनेछ।’
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया