ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा एपीएफ क्लबले आयोजक ललितपुर मेयर्स ११ महिला टोलीसामु १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको हो।
ओपनर ज्योति पाण्डे ६ र कप्तान सीता रानामगर १९ रनमा क्याच आउट भए।
इन्दु बर्मा ७ रनमा क्याच आउट भइन्। रोमा थापा ४ रनमा बोल्ड आउट भइन्। सरिता मगर ६ रनमा एलबीडब्ल्यू धरापमा परिन्। बिनु बुढा १२अ रनमा क्याच आउट भइन्।
१०.४ ओभरमा ५–६० को अवस्थामा रहेको एपीएफका लागि मध्यक्रमका राजमति ऐरी र बिनु बुढाले ४३ रनको साझेदारी गर्दै इनिङस् उकासे। बिनु १२ रनमा क्याच आउट भइन्।
राजमति ४१ र मञ्जु बोगटी ३ रनमा नटआउट रहे। राजमतिले ५२ रनमा ४ चौका हानिन्।
ललितपुरका लागि सृष्टि जैसी र सिमाना केसीले समान २ विकेट लिए। सोनी पाख्रिन र मनीषा उपाध्यायले एक/एक विकेट आफ्नो नाममा गरे।
लगातार तिन खेलमा हार भोगेको ललितपुर उपाधि होडबाट बाहिरिसकेको छ। एपीएफ भने अपराजित रहेर फाइनल खेल्ने योजनामा छ।
प्रतिक्रिया