ad ad

खेल


कप्तान रोहित बने जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बासडर

कप्तान रोहित बने जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बासडर

नेपालखबर
जेठ १५, २०८० सोमबार १९:१२, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको ब्रान्ड एम्बासडर बनेका छन्। 

सोमबार एक कार्यक्रमका बीच कप्तान पौडेल र जेन नेक्स्टबाट संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मोहम्मद अस्लामले सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

आगामी १ वर्षका लागि भएको सम्झौता जुन १ बाट लागु हुनेछ। 

ब्रान्ड एम्बासडर भएवापत कप्तान रोहितले आफ्नो सामाजिक सञ्जालहरूबाट जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको प्रवर्द्धन गर्नेछन्।

जेन नेक्स्टले अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, बेलायत र क्यानडा जाने विद्यार्थीलाई काउन्सिलिङ गर्ने काम गर्दछ। त्यसबाहेक रोहितले जेन नेक्स्ट सहभागी हुने शैक्षिक मेलामा पनि सहभागिता जनाउने छन्। 

सन् २०१८ मा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका रोहितले ४६ खेलमा १३ सय २६ रन बनाएका छन्। 

नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने रोहित एक्ला खेलाडी हुन्। 

सन् २०२२ को सेप्टेम्बरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो।

रोहितकै कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .