ad ad

खेल


मलेसियालाई हराउँदै टी-२० सिरिजमा नेपालको अग्रता

मलेसियालाई हराउँदै टी-२० सिरिजमा नेपालको अग्रता

नेपालखबर
जेठ १८, २०८० बिहिबार १६:१७, काठमाडौँ

घरेलु टोली मलेसियालाई २७ रनले हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ। 

बिहीबार भएको खेलमा नेपालले घरेलु मलेसियामाथि दोस्रो जित निकाल्दै सिरिजमा अग्रता बनाएको हो। पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो। 

नेपालले चौथो खेल शनिबार र पाँचौं तथा अन्तिा खेल आइतबार खेल्ने तालिका छ। 

नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो। 

मलेसियाका महिराह इजाती इस्माली ४४ रनमा नटआउट रहिन्। ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २० रन थपिन्। 

नेपालकी इन्दु बर्मा, सीता राना मगर र कविता कुँवरले समान एक विकेट लिए। 

त्यसअघि मलेसियाको बांगीमा टस पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले २७ रनको योगदान दिइन्। दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरे। ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन्।

सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .