ad ad

खेल


ज्लाटन इब्राहिमोविचले फुटबलबाट लिए सन्न्यास, भए भावुक

ज्लाटन इब्राहिमोविचले फुटबलबाट लिए सन्न्यास, भए भावुक

नेपालखबर
जेठ २२, २०८० सोमबार १२:८, काठमाडौँ

एसी मिलानका ज्लाटन इब्राहिमोविचले फुटबलबाट सन्न्यास लिएका छन्। ४१ वर्षीय ज्लाटनले आधुनिक युगको सबैभन्दा चम्किलो करिअर अन्त्य गरेका हुन्। 

फुटबलबाट सन्न्यास लिँदै उनले भने, ‘म फुटबललाई अलबिदा भन्छु तर तपाईंंलाई होइन।’ 

ज्लाटनले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरेका थिए। ज्लाटनले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, युभेन्टस, बार्सिलोना, इन्टर मिलान र एसी मिलानबाट ६ सय ३७ खेलमा ४०५ गोल गरेका छन्। 

इब्राहिमोविचले सन् २०२० को सुरुमा एसी मिलानबाट आफ्नो दोस्रो स्पेल सुरु गरेका थिए। उनी सन् २०११ मा स्कुडेटो जितेका थिए। उनको खेल जीवनमा चोटका कारण मैदान भित्र र बाहिर भइरहे। 

आफूलाई  सम्हाल्दै उनले भने, ‘अहिले मेरा भावना धेरै छन्। अलबिदा, पहिलोपटक म आउँदा खुसी दिनुभयो, दोस्रोपटक माया। मलाई खुला हातले स्वागत गर्नुभयो र मलाई मेरो घरमै भएको महसुस गराउनुभयो।’ 

इब्राहिमोविच १४ लिग उपाधिसहित ३४ ट्रफी जित्दा ११ पटक बालोन डी ओरका लागि मनोनयन भएका थिए। 

स्विडेनका लागि १२२ खेलमा उनले ६२ अन्तर्राष्ट्रिय गोलसहित स्विडेनका सर्वकालीन खेलाडीका रुपमा सन्न्यास लिए।

सन् २०१६ को युरो कपमा टोलीमा रहेका उनले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए। तर सन् २०१७ मा २०२१ मा राष्ट्रिय टोलीमा समावेश हुँदै उनले विश्वकप खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .