ad ad

खेल


राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टनको उपाधि एपीएफका प्रिन्स दाहाललाई

राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टनको उपाधि एपीएफका प्रिन्स दाहाललाई

नेपालखबर
जेठ २५, २०८० बिहिबार २०:२२, काठमाडौँ

‘१६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन्।

आज भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई   २१–११ र  २१–११ ले पराजित गरी उपाधि जितेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले विजयी खेलाडीहरुलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे।
यसैगरी बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपीएफ क्लवकी जेसिका गुरुङ्गलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छिन्।  

यसैगरी १९ वर्षमुनिका केटाअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जितेका छन्। अन्डर टुभेल ब्वाईज अन्तर्गतको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जितेका छन्।

यसैगरी मेन्स डवलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जित्न सफल भएका छन्। वुमेन्स डवलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाईनल खेल जित्न सफल भएका छन्।

यसैगरी ५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धी चौधरी र धादिङ्गका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन्।

ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जितेका हुन्।  

नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो।

कुल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) लगायत गरी १० वटा इभेन्ट्सहरु समावेश गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .