खेल


युवा फुटबलर जुड बेलिङ्घमलाई रियल मड्रिडले भित्र्यायो

युवा फुटबलर जुड बेलिङ्घमलाई रियल मड्रिडले भित्र्यायो

नेपालखबर
जेठ ३१, २०८० बुधबार १७:५०, काठमाडौँ

स्पेनिस क्लब रियल मड्रिडले इङ्ल्यान्डका चर्चित युवा फुटबलर जुड बेलिङ्घमलाई भित्र्याएको छ।

स्पेनिस महारथि रियल मड्रिडले बेलिङ्घमलाई जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ११३ मिलियन युरोमा अनुबन्ध गरेको हो।

रियलले बेलिङ्घमलाई ६ वर्षका लागि अनुबन्ध गर्दा १८ अर्ब ७८ करोड २७ लाख नेपाली रुपैयाँ खर्च गरेको हो।

१९ वर्षीय बेलिङ्घमले जर्मनीको बुन्डेस लिगा छाडेर स्पेनिस ला लिगा क्बल रोज्दा ६ वर्षे सम्झौतामा हस्ताक्षर गरे। 

बेलिङ्घमले गत वर्ष १९ वर्ष डर्टमन्डको कप्तानी सम्हालेका थिए। उनी डर्टमन्डको सबैभन्दा कान्छा कप्तान पनि हुन्। 

अन्तिम खेलमा जित निकाल्न नस्कदा बुन्डेस लिगाको उपाधि गुमाएको डर्टमन्डका लागि यो सिजन बेलिङ्घमले ४२ खेलमा १४ गोल गरेका थिए।

रियल मड्रिडले यो सिजन फ्रान्सेली क्लब पीएसजीबाट किलियन एम्बाप्पेलाई पनि भित्र्याउने कोसिस गरिरहेको छ। तर उनको फी महँगो भएकाले क्लबले एम्बाप्पेबारे निर्णय लिइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .