त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान बनेका छन्।
नेपाल भलिबल संघको सोमबार बसेको बैठकले टोलीको कप्तानमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठ राष्ट्रिय टोलीका ११ औँ कप्तान हुन्।
सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो।
घटनाका बारेमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको थियो।
संघले गत महिना मात्र सेटर थापालाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो। हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो।
हालसम्म राष्ट्रिय भलिबल टोलीका कप्तानहरू :
१) ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)
३) महेन्द्रलाल श्रेष्ठ
४) राजेश मास्के
५) सुनिल चौधरी
६) विष्णु मास्के
७) भरत शाह (२०५२) (१९९९– ११औँ साफ सम्म)
८) कैलाश दत्त भट्ट (२०६७ देखि २०७१ सम्म)
९) इम बहादुर राना (२०७२ देखि २०८० सम्म)
१०) हरिहजुर थापा (२०८० जेठदेखि असार सम्म)
११) मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि)
Shares

प्रतिक्रिया