खेल


इजरायलीसँग हात मिलाएको भन्दै इरानले आफ्ना खेलाडीलाई लगायो आजीवन प्रतिबन्ध

इजरायलीसँग हात मिलाएको भन्दै इरानले आफ्ना खेलाडीलाई लगायो आजीवन प्रतिबन्ध

नेपालखबर
भदौ १४, २०८० बिहिबार ९:४०, काठमाडौँ

विश्व मास्टर्स च्याम्पियनसिपमा इजरायली सहभागीसँग कुरा गरेको तथा हात मिलाएको भनेर इरानले आफ्नो खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको छ।

उक्त प्रतियोगितामा रजत पदक जितेका इरानी भारोत्तोलक मुस्तफा राजाइ सार्वजनिक तस्बिरमा पोडियममा इजरायली कास्य पदक विजेताको छेउमा उभिएको देखिन्छ। त्यसपछि इरानको भारोत्तोलन महासंघले उनलाई प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। 

इरानले आफ्ना खेलाडीहरूलाई इजरायलका खेलाडीहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाएको छ। जसका कारण इरानी खेलाडीहरू प्रत्यक्ष खेलबाट बच्न प्रायः खेल छाड्छन् वा चोटको बहाना गर्छन्।

४० वर्षीय रजाई शनिबार इजरायली खेलाडी म्याक्सिम स्विर्स्कीको छेउमा उभिएपछि आफ्नो देशको झण्डामा बेरिएको देखिन्छ। 
दुवै जना पोल्याण्डमा भारोत्तोलनका ूभेटेरान्सू को लागि गैर(व्यावसायिक प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका थिए।

रजाईले थाइल्याण्डमा भएको २०१५ एसियाली भारोत्तोलन च्याम्पियनसिपमा इरानको प्रतिनिधित्व गरेका थिए र उनी इरानी राष्ट्रिय टोलीका पूर्व सदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .