खेल


एसिया कप : पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल चुनौती

एसिया कप : पाकिस्तानलाई भारतले दियो ३५७ रनको विशाल चुनौती

नेपालखबर
भदौ २५, २०८० सोमबार १८:५५, काठमाडौँ

एसिया कप अन्तर्गत सुपर–४ का लागि भइरहेको खेलमा भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ। विराट कोहली र के एल राहुलको दोहोरो शतकमा भारतलाई पाकिस्तानलाई ३५७ रनको चुनौती प्रस्तुत गरेको हो। 

भारतका लागि दुवै ओपनरले अर्धशतक पूरा गर्दा त्यसपछि आएका दुवै ब्याटरले शतक प्रहार गरे। 

कोहलीले ९४ बलमा १२२ रन बनाए भने राहुलले १०६ बलमा १११ रन बनाए। 

ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ५६ रन जोडे भने ५२ बलको सामना गरेका सुभमन गिलले १० चौकाको मद्धतमा ५८ रन जोडे। शर्मा र गिलले १२१ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

२ रनको फरकमा दुवै ओपनर गुमाएको भारतका लागि त्यसपछि आएका कोहली र राहुलले २३४ रनको साझेदारी गरे।

वर्षाका कारण आइतबार २४.१ ओभरमा रोकिएको खेल सोमबार पनि ढिला गरी सुरु भएको थियो। 

पाकिस्तानका साहिन अफ्रिदीले १० ओभरमा ७९ रन खर्चंदै १ विकेट लिए। त्यस्तै, शदाब खानले १० ओभरमा १ मेडन राख्दै ७१ रन खर्चिएर १ विकेट हात पारे।

अन्य कुनैपनि बलरले विकेट लिन सकेनन्। भारतविरुद्ध केहीबेरमा पाकिस्तानले जवाफी ब्याटिङ गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad