खेल


भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

भारत बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन

सरोज नेपाल
असोज १३, २०८० शनिबार १९:३५, काठमाडौँ

साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले  हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

यसअघि सन् २०१९ र २०२२  मा पनि भारत च्याम्पियन बनेको थियो। 

भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर गोएरीले गरेका  थिए।

पहिलो गोल ६४ औं मिनेटमा गरेका उनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो। गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए। 

यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो।

भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .