खेल


विश्वकप क्रिकेट : विराट कोहली आउट, दबाबमा भारत

विश्वकप क्रिकेट : विराट कोहली आउट, दबाबमा भारत

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:२६, काठमाडौँ

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले चौथो विकेट गुमाएको छ। २९औं ओभरको तेस्रो बलमा विराट कोहली आउट भएका हुन्। 

६३ बल खेलेर ५४ रन बनाएका विराट आउट भएसँगै भारत दबाबमा परेको छ। विराट प्याट्रिक जेम्स कुमिन्सको बलमा बोल्ड हुन पुगे। 

यसअघि कप्तान रोहित शर्मा ४७ रनमा आउट भएका थिए भने शुबमन गिल र श्रेयस ऐयर समान चार रनमा आउट भएका थिए। केएल राहुलसँग इनिङ सम्हालिरहेका विराट पनि पेबेलियन फर्किएसँग भारतमाथि दबाब बढेको छ। 

अहिले रबिन्द्र जडेजा र केएल राहुल क्रिजमा छन्। भारतले २९ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .