खेल


किरण र शेर चम्किँदा सुदूरपश्चिमको तेस्रो जित

किरण र शेर चम्किँदा सुदूरपश्चिमको तेस्रो जित

नेपालखबर
माघ ४, २०८० बिहिबार १९:५४, काठमाडौँ

शेर मल्लको घातक बलिङ र किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनको फराकिलो अन्तरले हराउँदै अपराजित यात्रालाई कायम राखेको हो। 

पिएम कपमा अपराजित रहेको सुदूरपश्चिम ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

लगातार तेस्रो हार भोग्लै अंक विहिन रहेको गण्डकी नवौँ स्थानमा छ। 

सुदूरपश्चिमले दिएको २ सय १ रनको लक्ष्य पछ््याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो। 

गण्डकीका लागि अश्विन रानाले बनाएको २५ रन नै सर्वाधिक रह्यो। कमल परियारले २२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

गण्डकीलाई कम स्कोरमा रोक्न सुदुरका शेर मल्ल एक्लैले ५ विकेट लिए। ८.२ ओभर बलिङ गरेका शेरले १ मेडन राख्दै २३ रन खर्चे। 

गजेन्द्र बोहोराले २ विकेट लिए। भोजराज भट्ट, नरेन साउद र मिलन बोहोराले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा २ सय १ रन बनाउँदा अलआउट भयो। 

किरण ठगुन्ना ६० रनमा आउट भए। उनले ७३ बलमा ५ चौका हाने। 

नारायण जोशीले बनाएको ४६ रन थपे। ५६ बलमा २ चौका र २ छक्का प्रहार गरेका जोही अंकित न्यौपानेको बलमा बोल्ड आउट भए। 

शेर मल्लले १९, राजु रिजालले १६ र टेक रावतले १५ रन थपे। नरेन सावदले १३ रन बनाए। 

गण्डकीका विपिन मल्ल र अंकति न्यौपानेले समान ३ विकेट लिए। अमृत गुरुङ र कमल परियारले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad