खेल


आहा रारा पोखरा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वाटरफाइनलमा

आहा रारा पोखरा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वाटरफाइनलमा

नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:३९, पोखरा

पोखरामा जारी २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबलअन्तर्गत शुक्रबार दुई  विभागीय टोली सशस्त्र र नेपाल प्रहरी आमने–सामने भए।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदानमा जारी प्रतियोगिताको अन्तिम प्रिक्वाटर फाइनल खेलमा आमने– सामने हुँदा ‘बी डिभिजनमा’ घटुवा भएको विभागीय क्लब एपीएफमाथि नेपाल पुलिसले २–० को सहज जित निकाल्यो। 

नेपाल प्रहरीका लागि दुवै गोल मानबहादुर परियारले गरे। उनले  १९ औं र ७० औं मिनेटमा गोल गरे।

प्रताप गुरुङले प्रहार गरेको फ्रि-किकमा पहिलो गोल गरेका उनले  प्रविण थापाले प्रहार गरेको कर्नरलाई जाली चुमाएका थिए। 

सशस्त्रले राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन। दुईपटक पाएको फ्रिकिकको अवसर सदुपयोग नहुँदा एपीएफ पराजीत बन्न पुग्यो।

यो जितसँगै नेपाल प्रहरीले क्वाटरफाइनलमा चर्च ब्याइजसँग भेट पक्का गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .