खेल


बंगलादेशलाई नेपालले दियो १७० रनको सामान्य लक्ष्य

बंगलादेशलाई नेपालले दियो १७० रनको सामान्य लक्ष्य

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १७, २०८० बुधबार १७:१७, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भयो। 

बंगलादेशबाट नेपालले २८ रन अतिरिक्त पायो।

सु्पर सिक्सको खेलअघि नै सेमिफाइनलबाट बाहिरिसकेको नेपाल बंगलादेशसामु खुलेर खेल्न सकेन। 

कसिलो बलिङ गरेका बंगलादेशका बलरसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेपालका ५ ब्याटर क्याच आउट भए। दुई ब्याटर भने बोल्ड आउट भए। 

नेपालका लागि विशाल विक्रम केसीले १ सय बलमा ६ चौका मद्धतमा सर्वाधिक ४८ रन बनाए। 

संकटबीच अर्धशतकनजिक पुगेका विशाल ४३ औं ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा बोल्ड आउट भए।

बंगालदेशका बलरसामु शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो।  

नेपाल एक समय ८.३ ओभरमा ३–२९ को दयनिय अवस्थामा थियो। 

चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे। यद्यपी मध्य क्रमका ब्याटरले पनि नेपालको इनिङस् लामो समय सम्हाल्न सकेनन्। 

कप्तान देव खनाल ३५ रन बनाउँदै क्याच आउट भए। ६० बलको सामना गरेका देवले ३ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका देव इलबाल हुसैनको बलका क्याच आउट भए।  

ओपनर अर्जुन कुमालले १४ रन थपे। २६ बलमा २ चौका हानेका अर्जुन रोहनतकै बलमा क्याच आउट भए। सुवास भण्डारी १८ रनमा अविजित रहे। दुर्गेस गुप्ता ९ रनमा क्याच आउट भए।

अन्तिम विकेटका लागि सुवास दुर्गेसले २७ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पार्न  सहयोग गरे। 

नेपालका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए। सिनियर टोलीमा फिनिसरको छवी बनाएका गुल्सन उमेर समुहमा भने चल्न सकेका छैनन्। मुख्य प्रशिक्षक जगत टमाटाले पनि उनलाई बेन्चमा राख्ने चुनौती लिने आँट गरेका छैनन्। 

१३ बलमा ३ रन बनाएका आकाश आकाश त्रिपाठी इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।

१२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए। 

गुल्सन, आकाश, दिपक बोहोरा र दिपेश कँडेलले समान ३ रन बनाए। आकाश चन्द पहिलो बलमा नै एलबीडब्लु धरापमा परे। 

बंगलादेशका लागि रोहनतले चार विकेट लिए। शेख जिवोनले ३ विकेट लिए। 

शेखले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए। इकवाल, मरुफ र जिसानले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .