खेल


नेपालले गुमायो लगातार २ विकेट

नेपालले गुमायो लगातार २ विकेट

नेपालखबर
फागुन ३, २०८० बिहिबार ९:५०, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियासँगको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ।

नेपालले तेस्रो ओभरको पहिलो बलमा अनिल शाहलाई गुमाएको हो। 

६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

त्यसअघि इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भएका थिए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट क्याच आउट भएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले तेस्रो ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा १३ रन बनाएर खेलिरहेको छ। 

ओपनर आशिफ शेह ४ रनमा नटआउट छन्। क्रिजमा कप्तान रोहित पौडेल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .