खेल


बहराइनविरुद्ध खेल्न प्रारम्भिक नेपाली टोली घोषणा

बहराइनविरुद्ध खेल्न प्रारम्भिक नेपाली टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:३७, काठमाडौँ

फिफा विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनविरुद्धको खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। 

नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग चैत्र ८ गते र १४ गते खेल्ने तालिका छ। 

नेपालले पहिलो खेलमा आगामी चैत्र ८ गते घरेलु मैदानमा खेल्ने तालिका छ। यद्यपी बहराइनले काठमाडौँको दशरथ रगंशालाको अवस्थाका हेर्दै खेल्न नसक्ने बताएपछि एएफसीका प्रतिनिधिले आएर मैदान निरीक्षण गरेका थिए। 

एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले फागुन १४ गते दशरथ रगंशालाको निरीक्षण गरेका थिए।

मैदान निरीक्षणपछि उनले एएफसीमा प्रतिवेदन बुझाइसकेका छन्। एएफसीले यसबारे एन्फालाई औपचारिक जानकारी दिएको छैन। 

नेपालको प्रारम्भिक टोलीः 
गोलरक्षकः अविशेक बराल, विशाल सुनार, दिप कार्की, किरण चेम्जोङ

डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई

फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, ससमिर तामाङ र सन्जिव विष्ट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .