ad ad

खेल


नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १५:७, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ।  

शुक्रबार भएको खेलमा घरेलु टोलीले नामिबियालाई ३ रनले पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो। 

यो जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जिवितै छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो। 

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो। 
अन्तिम ओभरको पाचौँ बलमा करण केसीले रुवेन ट्रम्पलम्यानललाई १४ रनमा आउट गराएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। 

नामिबियाका कप्तान जेजे स्मिथ अर्धशतक बनाउँदै पेभेलियन फर्के। ३७ रन बनाएका जान फ्राइलिंकलााई अविनासले बोल्ड आउट गरे। जेपी कोट्जे २५ रन थपे। जान निकोल लोफ्टी इटोन शून्यमै आउट भए। 

पहिलो विकेटका रुपमा सोमपाल कामीले मलान क्रुगरलाई दोस्रो ओभरको तेस्रो बलमा ३ रन बनाउँला गुल्सन झा को हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको तेस्रो बलमा करण केसीले अर्का ओपनर माइकल भान लिंगेनलाई १० रनमा बोल्ड आउट गरे। 

नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिएका छन्। अविनास बोहोराले समान एक विकेट झारे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपालले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो। 

पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ८५ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे।

कुशल मल्ल ५४ रनमा नटआउट रहे। कु्शलले ३६ बलमा १ चौका र ४ छक्का हाने।  

२४ बलमा ४ चौका प्रहार गरेका आरिफ १७ औँ ओभरको तेस्रो बलमा ३१ रन बनाउँदा क्याच आउट भए। 

अ‍ोपनर अनिल शाह २३ रन बनाउँदै पेभेलियन फर्के। १७ बलमा ३ छक्का हानेका अनिल छैटौँ ओभरको अन्तिम बलमा जान निकोल लोफ्टी इटोनको बलमा विकेट किपरबाट हातबाट क्याच आउट भए। 

गुल्सन झा ले २६ र कप्तान रोहित पौडेलले १० रन थपे। १६ बलमा १ चौका र ३ छक्का हानेका गुल्सन एलबीडब्लु धरापमा परे। 

दीपेन्द्र सिंह ऐरी १६ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ८ बलमा २ चौका हानेका दिपेन्दू वेन सिकाकोको बलमा एलबीडब्लु आउट भए। 

करण केसी ७ र सोमपाल काकी २ रनमा क्याच आउट भए। ओपनर आशिफ शेख १ रनमा नै आउट भए। प्रतिश जिसी १ रनमा नटआउट रहे। 

नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।

अब नेपालले शनिबार यो सिरिजको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमै खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .