ad ad

खेल


विनोद र सुदीक्षाको लगानीमा तयार भयो तिलोत्तमाको क्रिकेट मैदान (तस्बिरहरू)

प्रदेश प्रमुख शेरचनको ब्याटिङबाट गरियो उद्घाटन
विनोद र सुदीक्षाको लगानीमा तयार भयो तिलोत्तमाको क्रिकेट मैदान (तस्बिरहरू)

विनोद कुँवरको बलिङमा प्रदेश प्रमुख शेरचनले ब्याटिङ गरेर मैदानको उद्घाटन गरिएको हो। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २८, २०८० सोमबार १३:४६, भैरहवा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको  एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। 

सोमबार एक कार्यक्रमबीच लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ र एक्स्ट्राटेक ओभल प्रालिका विनोद कुवँरले बलिङ गर्दै मैदानको उद्घाटन गरेका हुन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा झन्डै साढे ५ बिघामा यो मैदान तयार भएको हो।

मैदान निर्माणका लागि असोज तेस्रो हप्ताबाट पहिलो चरणको कार्य सुरु भएको थियो। 

अहिले दोस्रो चरण अन्तर्गत पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरुको निर्माण भइरहेको छ। 

एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवर र सुदीक्षा गौतमले व्यक्तिगत लगानीमा मैदान तयार पारिरहेका छन्। 

पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल मैदानका ब्रान्ड एम्बासडर हुन्।

मैदान उद्घाटनको अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० लिग भइरहेको छ। 

लिगको पहिलो सेमिफाइनलमा नेपाली क्रिकेटको पहिलो ब्याचको टोली १९९६ लिजेन्ड्स र  सन् २०१४ मा विश्वकप खेलेको टोलीबीच खेल जारी छ।  

पारस खड्काले टस जितेर फिल्डिङ रोजेपछि १९९६ लिजेन्ड्सले ब्याटिङ गरिरहेको छ। 

विश्वकप २०१४ : पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अविनाश कर्ण, शरद भेषावकर, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नवीन घिमिरे, सामसङ जंग थापा, नगेन्द्र भट्टराई, प्रफुल बैध, मनोज कटुवाल, बद्री पंगेनी।

लिजेन्ड्स ९६ : एलबी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिष राज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, वसन्त शाही ठकुरी, किरण राणा, मुसरफ इजहार जगत टमाटा, पुकार पन्त, विशाल गुप्ता, रितेश बराल, नीरा राजोपाध्याय, रिकेश लामा, दीपेश श्रेष्ठ, राजन महर्जन।

सबै तस्बिर : सरोज नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .